मनसुन क्रमशः कमजोर हुँदै

वीरगन्जमा एमाले र लोसपाबीच वडासम्मै चुनावी तालमेल गर्ने

​​​​​​​वीरगन्ज- वीरगन्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच वडा तहसम्म नै चुनावी तालमेल हुने भएको छ।

वीरगन्ज नगर प्रमुख एमालेलाई र उपप्रमुख लोसपालाई दिने गरी भएको सहमति पत्रमा दुवै दलका जिल्ला अध्यक्षले हस्ताक्षर गर्नुभएको छ ।

आगामी वैशाख ३० गते हुने चुनावमा वीरगन्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्नुभएको छ । उपमेयरमा लोसपाले टुङ्गो लगाइसकेको छैन। एमालेका उम्मेदवार सरावगीका अनुसार वडासम्मै तालमेल गर्ने सहमति भइसकेको छ।

सरावगी वर्तमान मेयर हुनुहुन्छ । उहाँ हालै एमालेमा प्रवेश गर्नुभएको थियो ।

बुधबार सत्ता गठबन्धनले वीरगन्जको मेयरमा जनता समाजवादी र उपमेयरमा कांग्रेसलाई दिने सहमति गरेको छ। योसँगै वीरगन्जमा दुई गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको छ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  १ : १२ बजे