थप ५७ वटा हिमाल आरोहणका लागि खुला

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 

काठमाडौं । नवलपरासी सुस्ता पश्चिम बर्दघाट नगरपालिका–१३ धनेवामा बुधबार बेलुकी मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भारतिय नागरीक ५३ वर्षीय रबिन्द्रनाथ पाठक रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा चौपत्ता स्थित सहिद स्मृती सामुदायिक अस्पतालमा मृत्यु भएको हो । 

हिजो बेलुकी सवा ८ बजे भारतिय नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  १२ : २१ बजे