काठमाडौँ — नेपाल लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल चीन सीमापार रेल सेवा ५-६ वर्षमा सञ्चालन हुने बताउनुभएको छ ।
चिनियाँ दूतावाताले बिहीबार गरेको भर्च्युअल पत्रकार सम्मेलनमा राजदूत यान्छीले नेपाल चीन सीमापार रेल सेवा ५-६ वर्षमा सञ्चालन हुने बताउनुभएको हो । सीमापार रेलको विषय वैज्ञानिक सम्भाव्यताकै चरणमा रहेको बताउनुभयो ।
राजदूत यान्छीले नेपाल चीन सीमापार रेल सेवा सपना नभएर यथार्थ भएको बताउनुभएको छ । रेल जस्तो ठूलो लगानी विषयमा गर्दा नीतिगत स्थायित्व आवश्यक पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो ' म कूटनीतिज्ञ हुँ । त्यस विषयमा विज्ञ होइन । सम्भाव्यता अध्ययन विज्ञहरुले गरिरहेका छन्, सबै विषय सहज रुपमा गए नेपाल चीन सीमापार रेल सेवा ५-६ वर्षमा सम्पन्न हुन्छ ।’
प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार १२ : १९ बजे
प्रतिक्रिया