ललितपुर । ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् ।
ललितपुर प्रहरीका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले मृत्यु हुनेको पहिचान खुल्न नसकेको जनाउनुभयो । घाइतेको सङ्ख्या अझै धेरै हुन सक्ने एसपी शाहको बताउनुभयो। घाइतेहरूको उपचार बि एण्ड बी र पाटन हस्पिटलमा भइरहेको छ ।
विस्फोट भएको सगरमाथा अक्सिजन प्लान्ट ललितपुर ओधोगिक क्षेत्रमा रहेको छ । विस्फोट आज बिहान १०:०० बजेको आसपासमा भएको हो । सिलिन्डर भर्ने क्रममा विस्फोट भएको जनाइएको छ ।
प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार ११ : ४६ बजे
प्रतिक्रिया