बीरगञ्ज । बीरगञ्ज महानगरपालिकामा नेकपा (एमाले)र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी गठबन्धन गर्न सहमति जुटेको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा वीरगन्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने हुनुभएको छ भने उपमेयरमा लोसपाका पुरुषोत्तमलाल झा उम्मेदवार हुनुहुनेछ । सरावगी वर्तमान मेयर हुनुहन्छ । उहाँ हालै मात्र एमालेमा प्रवेश गर्नुभएको थियो ।
एमाले केन्द्रीय सदस्य अरविन्द सिंहले महानगरपालिकाको मेयर र उपमेयरको सहमति भएका र वडा अध्यक्ष र सदस्यको हकमा टुङ्ग्याउन बाँकी रहेको बताउनुभयो ।
तालमेल सम्बन्धी सम्झौता पत्रमा नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गर्नुभएको छ।
सत्ता गठबन्धनबाट बीरगञ्जको मेयरमा जनता समाजवादी र उपमेयरमा काँग्रेसको उम्मेदवारी रहने सहमति भइसकेको छ।
प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार ९ : ३३ बजे
प्रतिक्रिया