राष्ट्रपति भवनमा घटस्थापना

महानगर र उपमहानगरको उम्मेदवारबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ  । 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवारबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो । 

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउसो १ः०० बजे  सचिवालय बैठक बस्न लागेको बस्ने बैठकमा उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवारको मापदण्डबारे छलफल हुने छ ।

सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागबण्डा मिलाएको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्न लागेको हो । बैठकमा स्थानीय तह निर्वाचनका उम्मेदवार र प्रतिस्पर्धी दलविरुद्ध अपनाइने रणनीतिमा केन्द्रित हुने बताइएको छ ।

 

 

 

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ८ : ५३ बजे