राष्ट्रपति भवनमा घटस्थापना

आजको पात्रो

आज मिति २०७९ वैशाख ८ गते बिहीबार ।
(ई.सं.२०२२ अप्रिल २१ तारिख)  (नेपाल संवत्– ११४२)
काठमाडौँमा सूर्योदय बिहान ५ः३६ बजे र सूर्यास्त साँझ ६ः३१ बजे हुनेछ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवस : छन्द दिवस । 

गति, यति र लय मिलेको वर्णलाई लय भनिन्छ । छन्दले कवितामा विशिष्ट लय प्रदान गर्दछ । कवितामा छन्द प्रयोगको शैलीलाई संरक्षण एवं उजागर गर्ने अभिप्रायले वि.सं. २०५३ सालमा कवि माधव वियोगीले ‘छन्द बचाऊ’ अभियानको सुरुवात गरेका थिए । त्यही अभियान सुरु भएको दिनको सम्झनामा हरेक वर्ष वैशाख ८ गतेको दिन नेपालमा छन्द दिवस मनाउने गरिन्छ । 

 

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ७ : ०५ बजे