मनसुन क्रमशः कमजोर हुँदै

भारतबाट ३८ रुपैयाँमा बिजुली किन्ने कुलमानलाई महान् भन्दै माओवादीले भोट माग्ने साधन बनाए: अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री  केपी शर्मा ओलीले भारतबाट ३८ रुपैयाँमा बिजुली किन्ने कुलमानलाई महान् भन्दै माओवादीले भोट मागेको बताउनुभएको छ । 

ललितपुरको गोदावरीमा आयोजित ‘युवासँग म’ अन्तरक्रिया कार्यक्रमा उहाँले भारतबाट ३८ रुपैयाँमा बिजुली किन्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई महान् भन्दै माओवादीले भोट माग्ने साधन बनाएको बताउनुभयो । 

अध्यक्ष ओलीले प्रतियुनिट ४ रुपैयाँमा भारतलाई बिजुली बेचेर ३८ रुपैयाँ प्रतियुनिटमा किन्ने गरिएको छ।  ३४ रुपैयाँ घाटामा भारतसँग विद्युत खरिद गर्ने कुलमानको फोटो लिएर भोट माग्न हिँड्ने पार्टीहरू सत्तारुढ गठबन्धनमा रहेको बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो फेसबुकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानको फोटोसहितको चुनावी प्रचार सामग्री पोष्ट गरेका थिए तर चर्को आलोचना भएपछि उनले त्यो सामाग्री हटाए। 

अध्यक्ष ओलीले भन्नुभयो -' एउटा पार्टीले एउटा कर्मचारीको फोटो लिएर भोट माग्दै हिँड्ने लोगो बनाएको पनि देखियो। त्यही कर्मचारीले आफैँ लाज मानेर मेरो फोटो हटाऊ भने', उहाँले थप्नुभयो, 'अहिले पनि लोडसेडिङ छ। बोल्दै गर्दा तीन पटक बत्ती जान्छ।

अध्यक्ष ओलीले हरेक वर्ष वैशाख ७ गते युवा उत्सव मनाउने घोषणा समेत गर्नु भएको थियो  ।

 

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ९ : ३३ बजे