मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

हरेक वर्ष वैशाख ७ मा एमालेले युवा उत्सव मनाउने: अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक वर्ष वैशाख ७ गते युवा उत्सव मनाउने घोषणा गर्नु भएको छ ।

ललितपुरको गोदावरीमा एमालेद्वारा आयोजित ‘युवासँग म’ कार्यक्रमा अध्यक्ष ओलीले हरेक वर्षको वैशाख ७ गते युवा उत्सव मनाउने र युवासँग अन्तरक्रिया गर्ने बताउनु भएको हो ।  

अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रत्येक वर्षको वैशाख ७ गते युवा उत्सवको रुपमा मनाउने छौं । युवाहरूको फिलिङ वा आकांक्षाहरूको सन्दर्भमा कुरा सुन्ने छौं । त्यस विषयमा दृष्टिकोण पनि प्रस्तुत हुने पहिलो प्रयास हो ।’

हरेकले बोल्न सम्भव नभएको र विभिन्न सेक्टरबाट बोल्ने अवसर पाउने अध्यक्ष ओलीले बताउनु भयो ।  ‘युवा विद्यार्थी र संगठन मात्रै नभएर विभिन्न क्षेत्रका युवाको अनुभूतिहरूलाई यसमा समावेश गरिनेछ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘जैविक र मानवीय आवश्यकताको परिपूर्ति कसरी हुन्छ त्यस विषयमा संक्षिप्तमा चर्चा गर्ने छौं । अन्तरक्रियालाई अघि बढाउने छौं ।’

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ५ : ११ बजे