मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

नेपाललाई ज्ञान, ध्यान र आविष्कार भूमिका रूपमा हाम्रा पुर्खाले अगाडि बढाएका थिए: अध्यक्ष ओली

ललितपुर – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ज्ञान, ध्यान र आविष्कार भूमिका रूपमा हाम्रा पुर्खाले अगाडि बढाएको बताउनुभएको छ ।

ललितपुरको गोदावरीमा आयोजित ‘युवासँग म’ कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस भूमिलाई ज्ञान भूमि, ध्यान भूमि र आविष्कार भूमिका रूपमा हाम्रा पुर्खाले अगाडि बढाएको बताउनुभएको हो । यो भूभाग र यहाँका मानिस आदि विद्धान थिए । तिनै पुर्खाको जिन हामीसँग छ ।’

अध्यक्ष ओलीले विभिन्न दर्शन र योगको सुरुवात यही भूमिबाट यही भएको बताउनुभयो । औषधि उत्पादन, खगोल शास्त्रीय अध्ययन अनुसन्धान, ज्ञान विज्ञानको अध्ययन यहीबाट सुरु भएको बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष ओलीले युवामा कुरा गर्ने काम नगर्ने, अपेक्षा गर्ने मिहेनत नगर्ने बानी भए हटाउनु पर्ने बताउनुभएको छ । युवाहरूमा रहेको देशभक्ति सुशासनको अकांक्षा, सामाजिक सद्भाव, राष्ट्रिय एकता, समृद्ध नेपाल  सुखी नेपाल परिकल्पना पुरा गर्ने अठोटबाट अत्यन्त खुसी लागेको बताउनुभएको थियो ।

उहाँले भन्नुभयो, ‘नेपाल अर्थात् हामी बसेको भूभागबाटै शैव सभ्यता सुरु भएको थियो । गीत, सङ्गीत, कला, नृत्य यहीबाट सुरु भएको थियो । नेपाल अहिले मात्रै विकास नभएको हो । नेपाल कहिल्यै विकास नभएको होइन । हामीले त्यो विकासलाई निरन्तरता दिन मात्रै नसकेको हो । 

अन्तरक्रिया कार्यक्रममा चिकित्सक, इन्जिनियर, अर्थ, कृषि, उद्योग, आइटी लगायतका क्षेत्रमा संलग्न युवाहरूले आफ्नो धारणा राख्नेका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ४ : २७ बजे