मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

नेकपा एमाले पञ्चेश्वर गाउँपालिका चुनावी प्रचार प्रसारमा जुट्यो

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकामा नेकपा९एमाले०ले सबै उम्मेदवारको टुंगो लगाएको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवारमा पुरानै उम्मेदवारलाई दोहोर्याइएको छ । 

अध्यक्षमा वर्तमान अध्यक्ष गोरखबहादुर चन्द र उपाध्यक्षमा बीना भट्टको नाम सर्वसम्मत चयन भएको छ ।

यसैगरी वडा नम्बर १ को अध्यक्षका लागि प्रमलसिंह घटाल, वडा नम्बर २ को अध्यक्षमा अर्जुनसिंह मंगोला, वडा नम्बर ३ को अध्यक्षका लागि मीनबहादुर चन्द, वडा नम्बर ४ का लागि जनकबहादुर चन्द, वडा ननम्बर ५ का लागि प्रकाश चन्द र वडा नम्बर ६ को अध्यक्षका लागि रामसिंह पुजारालाई उम्मेदवार बनाउने निर्णय भएको छ । 

गाउँपालिकाका सबै उम्मेदवार सर्वसम्मत रुपमा पालिका कमिटीले टुंगो लगाएको एमाले गाउँपालिका कमिटी अध्यक्ष प्रकाश चन्दले बताउनुभयो । सबै उम्मेदवारका विषयमा छलफल भएपछि पालिका कमिटीले नै सर्वसम्मत रुपमा उम्मेदवारको टुंगो लगाई दैनिक प्रचार प्रसारमा जुटेको उहाँले बताउनुभयो । 

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ४ : २५ बजे