मनसुन क्रमशः कमजोर हुँदै

तीन दलसँग चुनावी तालमेल गर्न एमालेको निर्देशन 

काठमाडौं । नेकपा एमालेले तीन दलसँग चुनावी तालमेल गर्न तल्ला निकायलाई निर्देशन दिइएको छ । जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई आज महासचिव शंकर पोखरेलले पत्र पठाउँदै राप्रपा नेपाल, परिवार दल र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्न निर्देशन दिनुभएको हो ।  

एमालेले स्थानीय तह निर्वाचनका लागि कमल थापा नेतृत्वको राप्रपा नेपाल, एकनाथ ढकाल नेतृत्वको परिवार दल र जनमोर्चासँग चुनावी तालमेल गर्ने सहमति भएको  थियो ।

उक्त सहमति कार्यान्वय गर्न एमालेले जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई निर्देशन दिइएको हो । गत ३० चैतमा राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी तालमेल गर्ने सहमति गरेको थियो । 

उक्त सहमति कार्यान्वयन गर्न महासचिव पोखरेलले प्रदेश, जिल्लाका कमिटीलाई आग्रह गर्नुका साथै पार्टीको प्रभाव र अवस्था हेरेर आ आफ्नो क्षेत्रमा आवश्यकताअनुसार सहमति कार्यान्वन गर्न आग्रह गर्नुभएको छ । 

​​​​​​​

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ४ : ०५ बजे