मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

रामेछापमा गठबन्धन भत्कियो, आजबाट तीन दल आ–आफ्नो बाटो लाग्ने

काठमाडौँ – रामेछापमा सत्ता गठबन्धन भत्किएको छ ।गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सिट बाँडफाँडमा नमिलेपछि गठबन्धन भत्किएको हो ।

गठबन्धनको बैठक एक पटक बसेपछि पुनः बस्न सकेको छैन। रामेछापमा रहेको आठ वटा स्थानीय तह मध्ये माओवादीले पाँच वटा र कांग्रेसले ६ वटा स्थानीय तह पाउनु पर्ने अडान राखेको थियो ।

रामेछापमा रहेका ६४ वटा वडाहरू मध्ये नेपाली कांग्रेसले ३७ र माओवादीले ३३ वटा वडामा दाबी गरेको थियो । दुवै दलले अडान नछोड्दा सत्ता गठबन्धनबीच सहमति हुने सम्भावना सकिएको छ । गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले १३ वटा वडासहित एक स्थानीय तहमा जित हासिल गरेको थियो भने माओवादीले २३ वटा वडासहित दुई स्थानीय तहमा जित हासिल गरेको थियो ।

सत्ता गठबन्धनबीच चुनावी तालमेल नहुने भएसँगै कांग्रेस, माओवादी र एकीकृत समाजवादीले आ–आफ्नै ढङ्गले चुनावी अभियानमा लागेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १ : ५३ बजे