हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा गठबन्धन गर्न नहुने भन्दै कांग्रेसका कार्यकर्ताहरुले पार्टीको हेटौंडा नगर समितिको कार्यालयमा तालाबन्दी गरेका छन् ।
जिल्ला सदस्य सञ्चिता लुईंटेल र तरुण दलका नगर सभापति सुनिल गिरीसहितको नेता तथा कार्यकर्ताको टोलीले हेटौंडा उपमहानगरपालिका समितिको बैठक चलिरहेका बेला कार्यालयमा तालाबन्दी गरेका हुन् ।
कार्यकर्ताले लगाएको ताला पार्टी सभापति बुद्ध लामाले प्रहरीको रोहबरमा खुलाएका छन् ।
प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार ४ : १९ बजे
प्रतिक्रिया