‘एउटै नाउरको सिकार गर्न २३ लाख’

धौलीओडारमा पर्यटकीय आवासगृह भवन

दार्चुला। अपी हिमाल गाउँपालिका–१ स्थित धौलीओडारमा पर्यटकीय आवासगृह निर्माण गरिएको छ । सुदूरपश्चिम उद्योग पर्यटन वन वातावरण मन्त्रालयको कूल रु २५ लाख लागतमा भवन निर्माण गरिएको हो । अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत गणेश पौडेलले संरक्षण क्षेत्रभित्र  संरचना बनेकामा आपत्ति जनाउनुभयो ।    

डिभिजन वन कार्यालय दार्चुलाका प्राविधिक राजेन्द्र रैखोला पर्यटकीय आवासगृह निर्माण गर्दा अपी नाम्पा संरक्षण क्षेत्रसँग समन्वय गरिएको बताउनुभयो । “हामीले आवासगृह निर्माण गर्ने विषयमा भेटेरै छलफल गरेका छौँ,” उहाँले भन्नुभयो, “तर लिखित कागज केही गरिएन ।” 

यसैबीच सोही  मन्त्रालयकै सहयोगमा व्यास गाउँपालिका–१ तिङ्करको डोकाङमा पर्यटकीय आवासगृह निर्माण हुने भएको छ ।  जिल्लाको दुई ठाउँमा पर्यटकीय आवासगृह निर्माण हुन लागेको हो । डोकाङमा काठबाट आवासगृह निर्माण हुन नसक्ने भएपछि ट्रसबाट निर्माण गरिन लागेको प्राविधिक  रैखोलाले बताउनुभयो । कूल रु २५ लाख लागतमा भवन निर्माण गर्न नारायणसिंह तिङ्करीले सम्झौँता हस्ताक्षर गर्नुभएको जनाइएको छ । रासस

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ३ : ०३ बजे