मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

रामचन्द्र पौडेल पिँध नभएको लोटा जस्तै हुन् : नेता जोशी 

तनहुँ । नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पिँध नभएको लोटाको संज्ञा दिएका छन् । टेलिभिजनको एक कार्यक्रममा बोल्दै जोशीले पौडेललाई यस्तो संज्ञा दिएका हुन् । 

नेता पौडेललाई उद्धृत गर्दै जोशीले भने  ‘नेपालको अहिलेको राजनीतिमा रामचन्द्र पौडेलको हैसियत मूल्यहीन छ । पौडेललाई काँग्रेसको वरिष्ठ नेता भन्न मिल्छ ? के का आधारमा वरिष्ठ नेता भन्ने ?  कपाल फुलेको कारण की भूमिकाले वरिष्ठ नेता हुने हो ’, 

उनले पौडेलको अहिलेको हैसियत भनेको नेता होइन शेरबहादुर देउवाको कार्यकर्ता मात्रै भएको बताए। ‘देउवाको कार्यकर्ताको रूपमा भने रामचन्द्र पौडेलले राम्रो भूमिका छ । त्यहाँभन्दा माथि केही छैन’, उनले भने । 

उनले तनहुँमा केही गरी पनि चुनाव जित्ने अवस्था नरहे पछि पौडेलले गठबन्धनको पण्डा गरेको बताए । ‘जो जो सँग मिले पनि अब तनहुँका जनताले पौडेललाई राम्रो सँग चिनिसकेका छन् ’,उनले भने । 

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  २ : ३९ बजे