काठमाडौं । प्रधानमन्त्री एवं काग्रेंस सभापती शेरबहादुर देउवाले अरू दलसँग चुनावी गठबन्धन नगर्ने हो भने कांग्रेसको हालत पहिलेकै चुनावको जस्तो हुने बताउनुभएको छ ।
नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले काठमाण्डौमा गरेको कार्यक्रममा गठबन्धन नगरे चुनावमा काग्रेंसको पराजय हुने भन्दै गठबन्धनको आलोचना र विरोध नगर्न आग्रह गर्नुभयो । ‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ, गठबन्धन टुट्नेबित्तिकै हाम्रो हालत पहिले जस्तै हुन्छ, पहिले एमाले र माओवादी मिल्दा के भएको थियो ? भोलि त्यही अवस्था नआओस्, नयाँ संविधानअनुसार एक्लै पार्टीको बहुमत आउने सम्भावना छैन, कसै न कसैसँग त मिल्नैपर्यो । अब गठबन्धनलाई राम्रोसँग अघि बढाउनुपर्छ’, देउवाले भन्नुभयो ।
गठबन्धन लेनदेनको विषय पनि भएकाले सबैतिर कांग्रेसले मात्रै पाउनुपर्छ भनेर अडान लिन नहुने देउवाले बताउनुभयो । गठबन्धन गरेकै कारण अहिले आफु सरकारमा रहेको देउवाले बताउनुभयो ।
प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार २ : १६ बजे
प्रतिक्रिया