कालोपत्र गरिरहेको उपकरणमा आगलागी

बलेवा।  पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उपल्लो बिहुँ खण्डमा कालोपत्र गरिरहेको एक उपकरणमा आगलागी भएको छ ।

बिहुँ पोखरा खण्डमा कामका लागि प्रयोग भइरहेको ना१क ३०४४ नम्बरको अलकत्रा छर्ने उपकरणमा आगलागी भएको हो ।

कालोपत्रका लागि अलकत्रा  तताइएको तेल निकाल्ने गेटवलको वासर फुटेर आगलागी भएको उपकरणका सहचालक टुप्पीनारायण तिमिल्सिनाले जानकारी दिनुभयो । आगलागी भएपछि कालोपत्रको काम रोकिएको छ । अमर माध्यामिक विद्यालय नजिकै रहेको सो उपकरणमा आगो लागेपछि गाउँ र विद्यालय बचाउन चालकले जोखिम मोलेर त्यसलाई बस्तीदेखि टाढा पु¥याएको सहचालक तिमिल्सिनाले बताउनुभयो । 

स्थानीयवासी, धम्जा प्रहरी चौकीका सुरक्षाकर्मी र मेहर गणका सेनानी आशिष देवकोटाको नेतृत्वमा रहेका सैनिक टोलीले आगो नियन्त्रणमा लिएको थियो । उक्त उपकरण पूर्णरुपमा क्षति पुगेकाले करोडौँको सम्पतिमा क्षति भएको निर्माण व्यवसायीले बताए । रासस

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १२ : ०१ बजे