काठमाडौं । पाँचथरको फिदिम नगरपालिका–१ शनिबारेमा घर शिलान्यास गर्दैगर्दा झरेको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोपाल ढुङ्गाना रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएअनुसार आज बिहान घर शिलान्यास गर्दैगर्दा माथिबाट सुख्खा पहिरो खसेको थियो । सो क्रममा उनी पुरिएका थिए । स्काभेटरले पहिरो पन्छाएर उद्धार गरेको थियो ।
तर, गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिए पनि उपचारका क्रममा चिकित्सकले मृत घाेषणा गरेका हुन् ।
प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार ९ : ५३ बजे
प्रतिक्रिया