बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

एमाले सचिवालय बैठक सोमबार बस्दै

काठमाडौँ / नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।  बैठक सोमबार साँझ साढे ६ बजेका लागि बोलाइएको छ । स्थानीय तह निर्वाचनको घोषणापत्र लगायत निर्वाचनकै विषयमा छलफल गर्न बैठक बस्न लागेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनु भयो  । 

केन्द्रीय सचिवालयको बैठक बस्नुअघि पार्टी केन्द्रीय कार्यालयको बैठक सोमबार बिहान ११ बजे बस्नेछ । बैठकमा महानगर र उपमहानगरको नेतृत्वका विषयमा पनि छलफल हुने जनाइएको छ । 

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १० : ३७ बजे