बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

एमाले सरकारले गरेको विकास देखेर विपक्षी अतालिए : अध्यक्ष ओली

सिमकोट / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा देशको विकास देखेर विकास विरोधी अत्तालिएर सरकार ढालेको आरोप लगाउनु भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा देशको विकास देखेर विकास विरोधी अत्तालिएर सरकार ढालेको आरोप लगाउनु भएको छ ।

आइतबार नेकपा एमाले हुम्लाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका विकासका काम देख्न नसक्नेहरू सरकार ढाल्न अदालत गएको आरोप लगाउनु भएका हो ।

जनताबाट नसकेर पर्मादेशि सरकारले अदालतबाट सरकार ढालेको उहाँले आरोप लगाउनु भएको छ । जनताले एमालेलाई माया गरेको भए पनि दुनियाँमा कहीँ नभएको नेपालमा भएको उहाँको भनाइ थियो ।

आफ्नो कार्यकालमा काम भए पनि अहिले आएर काम रोकिएको अध्यक्ष ओलीको दाबी गर्नु भएको छ । कर्णाली करिडोरले तीव्रता पाउनुका साथै यसको स्तर वृद्धिमा जोड दिनुपर्ने अध्यक्ष ओलीको भन्नु भयो । खरका छाना विस्थापित हुनुका साथै, जनता आवास कार्यक्रम मार्फत गरिब दुखिले घर पाएको उहाँले दाबी गर्नु भयो ।

अहिलेको गठनबन्धको सरकारले काम गर्न नसकेको उहाँले बताउनु भयो । निर्वाचनमा  एउटै चुनाव चिन्ह लिएर गठबन्धन गरे पनि एमालेलाई असर नगर्ने उहाँले दाबी गर्नु भयो । नेपालमा गठबन्धन पार्टी र एमाले पार्टीको प्रतिस्पर्धा हुने अध्यक्ष ओलीले बताउनु भयो ।

अध्यक्ष ओलीले नेपाली काँग्रेस वैशाखी टेकेर हिँड्ने अवस्थामा पुगी सकेको बताउनु भयो । काँग्रेसको अहिलेको अवस्था देखेर माया लागेर आएको उहाँले बताउनु भयो ।

२०१५ सालमा काँग्रेस दुई तिहाइमा थियो २०४८ सालमा बहुमतमा आयो, अलि पछि आएर आफैँ हिँड्न मुस्किल भएर लौरो टेक्ने हालतमा पुग्यो, अहिले लौरो टेक्ने होइन माओवादी केन्द्र र माकुने गुटको वैशाखी टेक्ने अवस्था आएको छ । काँग्रेसले भोट के मा हाल्ने, कतै, पेन्सिलमा हाल्ने, कतै अण्डा भित्रको हँसिया हथौडामा हाल्ने, कतै  ग्लासमा भोट हाल्ने’ उहाँले भन्नु भयो ।

अध्यक्ष ओलीले अबको निर्वाचनपछि विकासको लहर सुरु हुने दाबी समेत गर्नु भयो । चुनावपछि एमाले विजयी हुने र त्यसपछि शिक्षा, स्वास्थ्य सबै क्षेत्रमा विकासको लहर चल्ने बताउनु भयो ।

जनताको आर्थिक, सामाजिक तथा समग्र विकासको लागि आफ्नै कार्यकालमा एमाले सरकारले ठुला योजना अघिसारेको उहाँले बताउनु भयो ।

एमाले सरकारले कुरा नभई काम गरेर देखाउने गरेको अध्यक्ष ओलीले बताउनु भयो । तराई, पहाड, हिमालमा देशको विकासको लहर छाएको बताउनु भयो ।  एमाले सरकारमा आउँदा विकासको लहर चल्छ, तर अन्य पार्टी सरकारमा हुँदा देशको अर्थ तन्त्र खुम्चिने गरेको उहाँले बताउनु भयो । अध्यक्ष ओलीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कसैले रोक्न नसक्ने बताउनु भएको छ । स्थानीय निर्वाचनका लागि चुनावी सभामा सम्बोधन गर्न हुम्ला आइपुुग्रनु भएको अध्यक्ष ओलीले सम्पूर्ण देश निर्वाचनमय भएको बताउँदै यो निर्वाचन कसैले रोक्न र छेक्न नसक्ने बताउनु भयो ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ९ : ३४ बजे