बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

काँग्रेस र जसपाले विज्ञप्ति जारी गर्दा गठबन्धनमा भूकम्प

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकामा गठबन्धन भत्काउने गरी काँग्रेस र जनता समाजवादी पार्टी नेपालका नेताले विज्ञप्ति जारी गरेपछि हलचल मच्चिएको छ ।

काँग्रेसका पर्सा जिल्ला अध्यक्ष जनार्दन सिंह क्षेत्री र जसपा नेपालका पर्सा अध्यक्ष रामनारायण प्रसाद सिंहले शनिबार प्रेस विज्ञप्ति जारी गरी पर्साको वीरगञ्ज महानगरपालिकासहित १४ वटै पालिकामा छुट्टाछुट्टै चुनाव लड्ने सहमति गरेका थिए ।

यतिबेला त्यो विज्ञप्तिले वीरगञ्ज महानगरपालिकामा हलचल मच्चिएको छ । उहाँहरुको व्यक्तिगत रहेको गठबन्धनमा आवद्ध दल जसपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरु बताइ रहनु भएको छ ।

काँग्रेसका नेता अजय द्विवेदी भने काँग्रेसले जारी गरेको विज्ञप्ति आधिकारिक रहेको बताउनु भयो ।  पर्सामा गठबन्धन नगर्ने कुराको जानकारी आफूहरुले केन्द्रलाई समेत गराइसकेको भन्दै उहाँले त्यसलाई प्रष्ट पार्न जिल्ला तहबाट त्यस्तो निर्णय सार्वजनिक गरेको बताउनु भयो । यो विषयमा गठबन्धनको केन्द्रीय निर्णय अझै आइ नसकेको बताउँदै उहाँले केन्द्रको निर्णय कस्तो आउँछ भन्ने प्रतीक्षामा आफूहरु रहेको बताउनु भयो ।

यता, जसपा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले जसपा र काँग्रेसका जिल्ला अध्यक्षले जारी गरेको विज्ञप्ति गठबन्धनको नीति विपरीत रहेको बताउनु भयो ।

त्यस्तै, माओवादी केन्द्रका नेता रोहवर अन्सारीले काँग्रेस र जसपाबाट आएको विज्ञप्ति नेताहरुको व्यक्तिगत रहेको बताउनु भयो । जसपा र काँग्रेसले जिल्ला नेतृत्व तहबाट विज्ञप्ति जारी गरे पनि केन्द्रको निर्णय नआएका कारण पर्सामा पाँच दलीय गठबन्धन कायम रहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ६ : ०३ बजे