अछाम । केन्द्रले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गरे पनि नेपाली काँग्रेस अछामका तीन पालिकाकाले त्यसलाई ठाडै अस्वीकार गरेका छन् ।
साँफेबगर नगरपालिका तथा रामारोशन र चौर पाटी गाउँपालिकाले चुनावमा तालमेल नगर्ने निर्णय गरेका हुन् । नगर तथा गाउँ कार्य समितिको बैठकले तालमेल नगर्ने निर्णय गरेका हुन् । काँग्रेस साँफेबगर नगर सभापति लालबहादुर कुँवरले काँग्रेस बलियो रहेको क्षेत्रमा तालमेल गरेर जान नसकिने बताउनुभयो ।
उहाँले काँग्रेसको जनधारको कदर हुने गरी निर्णय लिइएको बताउनुभयो । यसअघि तीन पालिकामा काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले दाबी गरिरहे पनि सहमति जुट्न सकेको थिएन ।
प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार ३ : २७ बजे
प्रतिक्रिया