बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

कर्णालीमा गठबन्धनलाई उम्मेदवार टुंगाे लगाउन सकस, एमाले धमाधम सिफारिस गर्दै

सुर्खेत । कर्णाली प्रदेशमा पाँचदलीय गठबन्धनलाई उम्मेदवार छनोट गर्न समस्या भइरहेको छ । तर, प्रमुख प्रतिपक्ष एमालेले भने धमाधम स्थानीय तहमा उम्मेदवार सिफारिस गरिरहेको छ । 

माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले १० जिल्लामा भएको छलफलमा कुनै सहमति नजुटेको जानकारी दिनुभयो । ‘सबै जिल्लाबाट रिपोर्ट आएको छ, तर सहमतिभन्दा विमतिकै रिपोर्ट बढी आएकाले पार्टीका प्रदेश अध्यक्ष विमला केसी  छलफल हुँदैछ,’ उहाँले भन्नुभयो, ‘रिपोर्ट जे आए पनि प्रदेशबाट सहमति गरेर केन्द्रमा ५ वैशाखसम्म रिपोर्ट पठाइने छ ।’ 

आइतबार एकीकृत समाजवादीसँग माओवादीले छलफल गर्न लागेको छ । आफ्नो हैसियातभन्दा ठूलो भाग खोजेपछि सहमति हुन नसकेको नेताहरुको दावी छ  । 

रुकुम पश्चिममा कुनै पालिका नजितेको कांग्रेसले तीन ६ मध्ये तीन पालिकासहित जिल्ला समन्वय प्रमुख मागेपछि सहमपत हुन नसकेको माओवादीका एक नेताले बताउनुभयो । सदरमुकाम मुसीकोटलाई कांग्रेसले बटमलाइन बनाएकाले समस्या भइरहेको उहाँको भनाइ छ । 

डोल्पामा एउटा पालिका पनि नजितेको कांग्रेसले सदरमुकामसहित तीन पालिका मागेपछि सहमति हुन नसकेको भन्दै प्रदेशमा जानकारी गराएको छ । जाजरकोटबाट सत्तासीन दलहरुले जितेको ठाउँमा सुरक्षित गर्दै एमालले जितेको ठाउँमा मात्र भागबन्डा गर्ने सहमतिसहितको पत्र प्रदेशमा पठाएको जिल्ला माओवादी जिल्ला इन्चार्ज गगनबहादुर खड्काले बताउनुभयो। उहाँका अनुसार सदरमुकाम नै सबैको प्रतिष्ठाको विषयबन्दा सहमति ठोस सहमति हुन सकेको छैन । सदरमुकाममा एमालेले जितेका कारण त्यहाँ आफूले पाउनुपर्ने माग एकीकृत समाजवादीको छ ।

सल्यानमा पनि सदरमुकाम नै प्रतिष्ठाको विषय बनेको छ । केन्द्रबाट गरिएको सर्कुलरभन्दा बाहिर गएर छलफल गर्न थालेपछि सहमति हुन नसकेको नेताहरू भनाई छ । सहमतिका लागि हुने गरेको वार्तामा उम्मेदवारका आकांक्षी नै बस्ने भएकाले सहमति हुन नसकेको स्रोतको दाबी छ । 

कालीकोटमा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको जिल्लामा समेत भागबन्डा मिलेको छैन । पूर्वमन्त्री नरेश भण्डारीको क्षेत्र जुम्लामा पनि अहिलेसम्म कुरा मिल्न सकेको छैन ।

जिल्लाबाट आएको रिपोर्टको विषयमा आइतबार प्रदेशमा बसेर निर्णयक छलफल गर्न लागेको माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले बताउनुभयो ।  

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ११ : ५२ बजे