यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

स्याङ्जामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

स्याङ्जा । स्याङ्जामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

आज बिहान साढे १० बजे स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कमा भएको जीप दुर्घटनामा जिपमा सवार १३ मध्ये ७ जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन् । 

डाँडाखर्कबाट वालिङ बजार आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ४०/५० मिटर तल खसेको हो। 

दुर्घटनामा घाइते भएका दुई जनालाई उपचारका लागि पोखरा रिफर गरिएको छ भने थप चार जनाको वालिङ प्राथमिक स्वास्थ्य चौकी, स्याङ्जामै प्राथमिक उपचारपछि पोखरा रिफर गर्ने तयारी  गरिएको प्रहरीले जनाएको छ  । 

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

सच्याइएको : यसअघि प्रकाशित समाचारमा असावधानीवश मृतकको संख्या ७ उल्लेख हुन गएकोमा त्यसलाई सच्याइएको छ । यसबाट पठाकवर्गलाई पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं ।
सम्पादक

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ११ : ४४ बजे