यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

सुर्खेतमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

काठमाडौँ । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ शेरघारी फर्ममा शनिवार साँझ टेम्पो अनियन्त्रित भई पल्टिदा एक जनाको मृत्यु भएको छ । दुर्घटना चालकसहित तीन जना घाइते भएका छन् । 

मृत्यु हुनेमा टेम्पोमा सवार सुर्खेतकै गुर्भाकोट नगरपालिका–१४ का अन्दाजी ६० वर्षीय पदम बहादुर रासकोटी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेहलकुना अस्पतालमा बेलुकी सवा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा सामान्य घाइते भएका चालक ३१ वर्षीय पदम शाही, टेम्पोमा सवार ४५ वर्षीय गोपाल पुन र ४२ बर्षीया पूर्णकला पुनको सोही अस्पतालमा उपचार भइरहेको छ । 

बेतनीबाट गुमीतर्फ आउँदै गरेको भे१ह ३० ४९ नम्बरको टेम्पो  शनिवार साँझ पौने ७ः०० बजे दुर्घटना भएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ११ : ३३ बजे