बढी भाडा लिने ३१ जना नियन्त्रणमा

राप्रपा नेपाल चितवनका अध्यक्ष खरालको घरमा तोडफोड

चितवन । राप्रपा नेपाल चितवनका अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको छ । 

भरतपुर महानगरपालिका–५ कल्याणपुरस्थित खरालको घरमा गए राति आक्रमण भएको राप्रपा नेपाल चितवनका उपाध्यक्ष आशिष भट्टराईले जानकारी दिनुभयो। 

खरालको घरको झ्यालमा डुङ्गाले हानेर सिसा फुटाइएको छ । 

अध्यक्ष खरालको घरमा भएको आक्रमणको उहाँले भर्त्सना गर्नुभएको छ  । स्थानीय प्रशासनले घटनाको तत्काल छानबिन गरी दोषी माथि कडा कारबाही गर्न उहाँले माग गर्नुभएको छ ।

“स्थानीय प्रशासनले घटनाको तत्काल छानबिन गरी दोषी माथि कडाभन्दा कडा कारबाही गरोस् । राजनीतिक प्रतिशोधका कारण भएको भए त्यो झन् अक्षम्य छ”, उहाँले भन्नुभएको छ ।

घटनाको जानकारी आएपछि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं डिएसपी नरहरि अधिकारीले जानकारी दिनुभयो । “हामीले अनुसन्धान सुरु गरेका छौँ । शङ्कास्पद व्यक्तिहरूमाथि निगरानी गरेका छौँ । अहिलेसम्म कसैलाई पनि पक्राउ भने गरिएको छैन” प्रवक्ता अधिकारीले भन्नुभयो  ।

 

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ११ : २२ बजे