यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

बझाङ । बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।

बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएका हो ।

दुर्घटनामा परी सुर्माका विनोद बोहराको घटनास्थलमै मृत्यु भएको छ १ जना घाइते अञ्जु बोहराको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ । 

प्रहरीका अनुसार जीप गए राति पौने १ः०० बजे दुर्घटना भएको हो । जीपमा तीन महिला र ६ पुरुष गरी नौ जना सवार थिए । 

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीका अनुसार उक्त जीपमा नेपाली काँग्रेस बझाङका सभापति खड्क बोहरा र उहाँको परिवार सवार थिए ।

निजी कामले सभापति बोहराको परिवार धनगढी गइरहेका बेला गाडी अनियन्त्रित भएर दुर्घटना भयको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख  प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताउनुभयो।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ९ : १८ बजे