राष्ट्रपति भवनमा घटस्थापना

एमाले अध्यक्ष ओली आमसभालाई सम्बोधन गर्न आज हुम्ला जानुहुँदै

काठमाडौँ  । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज हुम्लाको दुई स्थानमा हुने आमसभालाई सम्बोधन गर्न त्यसतर्फ जाँदै हुनुहुन्छ  । 

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित  प्रचार र पार्टीको जिल्लाको अवस्था बुझ्न अध्यक्ष ओली हुम्ला जान लाग्नुभएको हो  ।

अध्यक्ष ओलीले जिल्लाको तीन ठाउँमा भ्रमण गर्ने भए पनि निर्वाचन केन्द्रित दुई वटा वृहत् आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले जानकारी दिनुभयो  ।

अध्यक्ष ओली बिहान ११ः०० बजे हेलिकोप्टरबाट हुम्ला पुग्नुहुने र लगत्तै उहाँ उत्तरी नाम्खा गाउँपालिकाको लिमि भ्यालीमा प्रस्थान गर्नुभई लिमि क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको स्थायी कमिटी सदस्य गोरख बहादुर बोगटीले बताउनुभयो । 

अध्यक्ष ओलीले लिमीका बासिन्दासँग भेटेपछि नेपाल र चीनको सिमाना नाम्खा गाउँपालिकाको लिमीमा रहेको लोलुङजोङको हवाई अवलोकन गरेपछि हुम्ला सदरमुकाम सिमकोटमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

उहाँले जिल्ला दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको श्रीनगरमा हुने सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ  ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ७ : ०९ बजे