बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

एकीकृत समाजवादीका केन्द्रीय सदस्य कन्दङ्वासहित २७५ जनाद्वारा पार्टी परित्यागको घोषणा

​​​​​​​​​​​​झापा । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य लोकबन्धु  कन्दङ्वासहित २ सय ७५ जनाले पार्टी परित्यागको घोषणा गरेको घोषणा गरेका छन् ।

शनिवार प्रेस वक्तव्यमा प्रकाशन गर्दै केन्द्रीय सदस्य कन्दङ्वाले आजसम्म पनि सैद्धान्तिक र वैचारिक दृष्टिकोणले, पद्धति गत र प्रवृत्तिगत दृष्टिकोणले साथै व्यवहारिक र आर्थिक दृष्टिकोणले पनि पार्टी फुटको औचित्य प्रमाणित गर्न नसकेको भन्दै पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।

वक्तव्यमा पछिल्लो समय एमसीसी जस्तो राष्ट्रघाती अमेरिकी परियोजनालाई सांसदबाट पास गर्न सहयोग पुर्‍याई पार्टीलाई राष्ट्रघाती र नव प्रतिगामी कित्तामा राखेको हुनाले एक राष्ट्रवादी नागरिकको हैसियतले यो पार्टीमा बसिरहन नैतिक रूपले नमिल्ने ठहर गरी स्वतन्त्र वामपन्थी नागरिकको रूपमा जीवनयापन गर्ने निर्णय गरेको जारी प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।

उहाँसँगै केन्द्रीय सल्लाहकार समितिका गोपीचन्द्र गिरी, जिल्ला कमिटी सदस्य प्रकाश पुरी, महेन्द्र प्रसाद खरेल र गीता कँडेलले विज्ञप्तिमा हस्ताक्षर गर्नुका भएको छ  । साथै उहाँहरूसँगै पार्टीका २ सय ७५ जना समर्थकले पार्टी परित्याग गरेको प्रेस वक्तव्यमा जनाइएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १० : २५ बजे