बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

नगरप्रमुख नदिए गठबन्धन स्वीकार्य हुँदैन :  जनमोर्चा

अर्घाखाँची – राष्ट्रिय जनमोर्चाको महासचिव मनोज भट्टले भूमिकास्थान नगरपालिकाको नगर प्रमुख नपाए गठबन्धन स्वीकार्य नहुने बताएका छन् ।

कसैको दान र कृपाका आधारमा नभइ क्षमताका आधारमा भाग चाहिँने उनले बताए । उनले सम्मानजनक भागवन्डा नभए गठबन्धन स्वीकार्य नहुने दाबी गरेका हुन् ।

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले भूमिकास्थान नगरपालिका-३ धारापानीमा गरेको आमसभालाई सम्बोधन गर्दै महासचिव भट्टले एमालेले धर्मको राजनीति गरेका कारण आफूहरूले विकल्प खोजेको बताए ।

कांग्रेससँग नीति सिद्धान्त मिलेरभन्दा पनि प्रतिगमन परास्त गर्नका लागि कांग्रेस माओवादीसँग गठबन्धन गर्नुपरेको नेता भट्टको दाबी थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १० : १५ बजे