थप ५७ वटा हिमाल आरोहणका लागि खुला

मलाई माओवादीको नाम नै मन पर्दैनः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफुलाई माओवादीको नाम नै मन नपर्ने बताएका छन् । उनले आफूहरुले २०४६ सालमै माओवाद परित्याग गरेको भन्दै माओवादसँग आफू सहमत नरहेको बताए  । 

विचार मिल्ने पार्टीहरुसँग एकता हुने भएपनि उनले माओवादीसँग वैचारिक रुपमा फरक रहेकोले एकता हुननसक्ने उनले  बताए ।

‘अहिले हामी चुनावको तयारमिा जुटेका छौं । भविष्यमा को कसको नजिक हुन्छ, विचार मिल्छ कि मिल्दैन । त्यो हेर्नुपर्छ,’ उनले कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा भने, ‘माओवादीसँग अहिले सहकार्य गरिरहेका छौं तर तत्काल एकताको सम्भावना छैन ।’

उनले माओवादीसँग एकताका लागि माओवादी नाम नै फेर्नुपर्ने बताए ।

‘उहाँहरुको सिद्धान्तमा माओवाद छ । माओवादी केन्द्र नाम छ नि म त्योसँग सहमत छैन । माओत्सेतुङ विचारधार २०४६ सालमै हामीले परित्याग गरिसक्यौं,’ उनले थपे, ‘हामी एउटै ठाउँमा आउने हो भने माओवादी नाम छोड्नुप¥यो ।’

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ६ : ०२ बजे