थप ५७ वटा हिमाल आरोहणका लागि खुला

एमाले अध्यक्ष ओलीलाई एक सय एक किलोको मालाले स्वागत

​​​​​​​काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सर्लाहीमा एक सय एक किलोको मालाले स्वागत गरिएको छ । 
सर्लाहीको मलङ्गवामा आयोजित विशाल जनसभा एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न यहाँ आइपुग्नुभएका अध्यक्ष ओलीलाई  एमाले जिल्ला कमिटी सर्लाहीले एक सय एक केजीको माला लगाएर स्वागत गरेको हो । 

कार्यक्रममा एमालेका सचिव रघुबिर महासेठ, केन्द्रीय नेता प्रभु साह, सुमन प्याकुरेल, हरि उप्रेती लगायतका नेताहरु सहभागी हुनुहुन्छ । । सर्लाहीको सदरमुकाम मलङ्गवास्थित कभर्ड हल परिसरमा आयोजना गरिएको कार्यक्रममा हजारौं हजार जनसहभागिता रहेको देखिएको छ।

कार्यक्तममा नेकपा माओवादीका पोलिट ब्युरो सदस्य केसव ढुंगाना र राजपा पार्टीबाट निर्वाचित कबिलासी गाउँपालिकाका प्रमुख कौशल यादव एमाले प्रवेश गर्नुभएको छ ।  यस्तै, जनता समाजवादी, माओवादी लगायतका दल त्यागेर एमाले प्रवेश गर्नुभएको छ ।  नव प्रवेशीलाई एमाले अध्यक्ष ओलीले माला र खादा लगाएर स्वागत गर्नुभएको छ । 

जनता समाजवादी परित्याग गरेर एमालेमा प्रवेश गरेको मधेसवादी दल सताको लागि आन्दोलनको नाममा कार्यकर्तालाई सहिद बनाउने र आफ्नो स्वार्थ सिद्व बाहेक केही काम नगरेको कबिलासी नगरपालिका अध्यक्ष कौशल यादवले बताए। मधेसवादी पार्टी नै मधेस विरोधी रहेको उनको तर्क थियो।

 

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ५ : ३९ बजे