थप ५७ वटा हिमाल आरोहणका लागि खुला

जसपाका सुदूरपश्चिम प्रदेश सचिव जनक आउजी एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सुदूरपश्चिम प्रदेश सचिव जनक आउजी नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।

आउजीलाई आज एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गर्नु भयो । आउजी कैलालीको अत्तरियास्थित इन्चार्ज भट्टको निवास गएर पार्टीमा प्रवेश गरेको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य नेत्रप्रकाश पन्तले जानकारी दिनु भयो।

उहाँले सुदूरपश्चिमका नौवटै जिल्लाबाट जसपाका अन्य नेता-कार्यकर्ता पनि एमाले प्रवेशको तयारीमा रहेको दाबी गर्नुभयो । यसअघि जसपाकै सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी (कुन्दन) नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको थियो । उहाँलाई पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गर्नु भएको थियो ।  

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ३ : ५९ बजे