सुनको मूल्यमा नयाँ कीर्तिमान

६४ वर्षीय वृद्धको हत्या गरेको आरोपमा एक युवक पक्राउ

मोरङ । प्रहरीले ६४ वर्षीय वृद्धमाथि कुटपिट गरी हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको सुन्दरहरैंचा नगरपालिका-६ का ३५ वर्षीय मणिकुमार तामाङ रहेका छन् । मणिकुमारले चैत ३० गते स्थानीय ६४ वर्षीय देवीबहादुर तामाङलाई दाउरा प्रहार गरी घाइते बनाएका थिए।

देवीबहादुर र स्थानीय मानबहादुर तामाङबीच जग्गाका विषयमा झगडा भइरहेका बेला मणिकुमारले उनीमाथि दाउरा प्रहार गरेका थिए । मानबहादुर मणिकुमारका बाबु हुन् ।

देवीबहादुरको न्युरो अस्पताल  विराटनगरमा उपचारका क्रममा वैशाख २ गते मृत्यु भएको थियो । पक्राउ परेका मणिकुमारमाथि थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जानकारी दिएको छ ।   

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ३ : ५४ बजे