राष्ट्रपति भवनमा घटस्थापना

अब राजा फर्कने सम्भावना छैन : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब राजा नफर्कने बताउनुभएको छ । 

शनिवार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै थापाले अब असम्भव एजेन्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्न नहुने बताउनुभएको छ ।

 ‘आफूले कारणवश राजाको ऐजेण्डा छाडेको उल्लेख गर्दै कमल थापाले पार्टीहरू असफल भएर राजा नआउने उल्लेख गर्नुभएको छ । एउटा पार्टी असफल भए अर्को पार्टी आउँछ, राजा फर्कने अरू नै कारण थिए त्यो पूर्वराजाआफैले  बन्द गरेकाले अब राजतन्त्र फर्कँदैन ।’थापाले लेख्नुभएको छ । उहाँले  पुराना नेतालाई धैर्यता रहुञ्जेल पूर्व राजा बोक्न समेत सुझाउँदै ढिलो चाँडो आफ्नै बाटोमा आउनुपर्ने  दाबी गर्नुभएको छ । ‘मलाई थाहा छ,अन्ततः तपाईँहरू मेरै बाटोमा आउनुपर्छ।अहिले गाली गलौच र आरोपहरू खेपेर भएपनि तपाईँहरूको लागि म बलियो घर बनाएर राखी दिनेछु।पहिले पनि मैले बनाएकै घरमा तपाईँहरू आएको हो।त्यहाँ अझै केही समय रमाई राख्नोस्।’ थापाले लेख्नुभएको छ । 

​​​​​​​

 

 

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  २ : ५१ बजे