सुनको मूल्यमा नयाँ कीर्तिमान

 अर्जुन दास हत्या अभियोगमा ४ जना पक्राउ

कैलाली । प्रहरीले कैलालीका अर्जुन दासको हत्या अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।  

पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका(९ बस्ने १९ वर्षीय सुमित साउद, १९ वर्षीय बमे भन्ने बम बहादुर बोहोरा, १९ वर्षीय रोनी परियार भन्ने दिलिप दास र १९ वर्षीय मनोज भण्डारी रहेका जनाएका छन्  । उनीहरुलाई प्रहरीले विहिवार पक्राउ गरेको हो । 

जानकी गाउँपालिका-९ अमरावती का २५ वर्षीय दासको गत पुस ३ गते अमरावती सामुदायिक वनमा विभत्स हत्या भएको थियो । 

अर्जुन दासलाई मोवाईल चोरी गरेको आरोपमा उनीहरुले कुटपिट गरी साजको रूखमा बाधेर खुकुरी प्रहार गरी  हत्या गरी  फरार रहेको आरोप छ  । 

उनीहरूलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले रुपन्देही सिद्धार्थ नगरपालिका(१ बेलहिया सिमानाकाबाट फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाईएको  छ ।  

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  २ : २७ बजे