थप ५७ वटा हिमाल आरोहणका लागि खुला

गठबन्धन गर्न हुँदैन भन्दै उदयपुरमा काँग्रेस कार्यकर्ताद्वारा पार्टी कार्यालय घेराउ 

​​​​​​​उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा उदयपुरमा गठबन्धन गर्न हुँदैन भन्दै काँग्रेस कार्यकर्ताले पार्टी कार्यालय घेराउ गरेका छन् ।

दलबलसहित पार्टी कार्यालय पुगेको काँग्रेस कार्यकर्ताहरूले रुख चिन्हमा नै भोट हाल्न पाउनुपर्ने माग राख्दै पार्टी सभापतिलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।

निवर्तमान पार्टी सभापति विदुर बस्नेतको नेतृत्वमा दलबलसहित गठबन्धन विरुद्ध नाराबाजी गर्दै पार्टी कार्यालय पुगेको समूहले संस्थापन पक्षलाई ध्यानाकर्षण गराएका हो ।

केन्द्रीय राजनीतिक हिसाबले शेखर कोइराला पक्षधर मानिने बस्नेत समूहले शुक्रवार सदरमुकाम गाईघाटस्थित पार्टी कार्यालयमा जिल्ला सभापति हिमाल कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

काँग्रेस पूर्व क्षेत्रीय सभापति वसन्त बस्नेतसहितको गठबन्धन प्रक्रियाबाट असन्तुष्ट टोलीले ३ सय७५ जनाको हस्ताक्षर समेत सङ्कलन गरी पार्टी कार्यालयमा बुझाएका छन् ।

काँग्रेससहितको दलहरू मिलेर चुनाव लड्ने विषयमा असन्तुष्टि जनाउँदै पार्टी कार्यालय पुगेका नेता कार्यकर्तालाई सम्बोधन गर्दै सभापति कार्कीले पार्टीको केन्द्रीय नेतृत्वले गरेको निर्णय मान्नुपर्ने  बताउनुभयो ।

त्रियुगा नगरपालिकामा केन्द्रीय गठबन्धनको निणर्यानुसार नेकपा एकीकृत समाजवादीलाई छाड्नुपर्ने भएकाले त्रियुगा नगरपालिका कुनै पनि अवस्थामा त्रियुगा नगरपालिका छाड्न नहुने काँग्रेस कार्यकर्ताको माग रहेको छ ।

सूर्य चिन्हबाट विजयी बनेका त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी एमालेबाट एकीकृत समाजवादीमा गएपछि एकीकृत समाजवादीले नेतृत्व गरेका पालिकाहरू एकीकृत समाजवादीलाई नै छाड्ने सहमति केन्द्रमा बनेसँगै काँग्रेस कार्यकर्ता आक्रोशित बनेका छन् । 

 

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ७ : ३३ बजे