यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

उपत्यकाको सडकबाट ५५ बालबालिकाको उद्धार

काठमाडौँ । प्रहरीले विभिन्न निकायसँगको समन्वयमा आज काठमाडौँको सडक पेटीबाट ५५ बालबालिकाको उद्धार गरेको छ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्, बालबालिका खोजतलास समन्वय केन्द्र र महानगरीय प्रहरी परिसर, नगर प्रहरी कार्यालय काठमाडौँ तथा प्रहरी वृत्तबाट शुक्रवार खटिएको टोलीले उनीहरूलाई उद्धार गरेको हो ।  

उद्धार गरिएकामा राजधानीको सडकका यात्रुलाई माग्दै हैरानी दिई आवागमनमा बाधा अवरोध पुर्‍याउने कार्यमा संलग्न रहेका ३३ बालक र २२ बालिका रहेका छन् । 

उनीहरूलाई बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।  

 

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ७ : १२ बजे