कांग्रेस नेताले भने – ‘माओवादीसँगको गठबन्धन टुट्यो’

संखुवासभा । शंखुवासभामा सत्ता गठबन्धनले हावा खाएको छ ।  लगातार पाँच दिनसम्म खाँदबारीमा चलेको सत्तारुढ गठबन्धनको बैठकले तालमेलको सहमति जुटाउन नसकेपछि गठबन्धन टुटेकाे हाे । 

शुक्रबार पनि गठबन्धनको बैठक बसेपनि कुरा मिलेन । गठबन्धनका संयोजक एवम् कांग्रेस सभापति दीपक खड्काले माओवादी केन्द्रसँग गठबन्धन हुने सम्भावना सकिएको बताउनुभयो । उहाँले माओवादीसँग गठबन्धन गर्ने कुरा सकिएपनि बाँकि दलहरुबीच भने गठबन्धन हुनसक्ने बताउनुभयो । ‘माओवादीसँग अब गठबन्धन हुन्न । तर बाँकी दलहरुसँग छलफल हुन्छ’, खड्काले भन्नुभयो । 

माओवादी केन्द्रका केन्द्रीय एवम् संखुवासभा इन्चार्ज राजेन्द्र कार्कीले पनि जिल्ला स्तरमा तालमेलको सहमति जुट्ने सम्भावना सकिएको स्विकार गनुृभएको छ । 

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ४ : ३९ बजे