सरकार र जनमत पार्टीबीच वार्ता 

काठमाडौं ।  सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबीच भेटवार्ता भएको छ ।  शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्तामा राउत नेतृत्वको संगठनसँग केपी ओली सरकारले २०७१ असोज १५ गते र २०७५ फागुन २४ गते गरेको सहमति कार्यान्वयन गर्ने बारे छलफल भएको हो ।

वार्तामा सरकारी टोलीको नेतृत्व गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीको नेतृत्व अध्यक्ष राउतले गर्नुभएको थियो ।   वार्तामा सरकारका तर्फबाट गृहमन्त्री खाणसहित महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे र सहसचिव फणिन्द्रमणि पोखरेल सहभागी हुनुहुनथ्यो । 

त्यस्तै जनमत पार्टीका तर्फबाट अध्यक्ष राउतसहित उपाध्यक्षत्रय वसन्त कुशवाह, दिपक साह र नरेन्द्र साह तथा महासचिव चन्दनसिंह सहभागी हुनुुहनथ्यो ।  वार्तामा जनमत पार्टीले आफूहरू स्थानीय तह निर्वाचन प्रयोजनार्थ निर्वाचन आयोगमा दल दर्ता गराएको र त्यसअघि आफूहरूसँग सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न माग गरेको थियो । 
उस्ले विभिन्न आरोपमा आफ्ना कार्यतर्का थुनामा राखिएको भन्दै तत्काल रिहा गर्नुपर्ने, अभिव्यक्ति, स्वतन्त्रता र नागरिक हकको सम्मान हुनुपर्ने माग राखेका थियो । पार्टीले राखेको थियो ।  त्यस्तै जनमत पार्टीले आफूहरूले गरेको कृषि आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता रिहा र कृषिसम्बन्धी आफूहरूका माग पूरा गर्न माग गरेको थियो । 
गृहमन्त्री खाणले जनमत पार्टी मूलधारको राजनीतिमा आएर निर्वाचन आयोगमा दल दर्ता गर्दै निर्वाचनमा जाने तयारी गर्नु स्वागतयोग्य  भएको भन्द्यै पूर्ववर्ती सरकारले गरेको सहमति बमोजिम कानुन अनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने बताउनुभयो ।  खाँडले संविधान संशोधन गर्नसमेत गठबन्धन सरकार सकारात्मक रहेको बताउनुभयो । 

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  २ : १८ बजे