राष्ट्रपति भवनमा घटस्थापना

एकीकृत समाजवादीका जिल्ला सचिव एमाले प्रवेश

​​​​​​​काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी दैलेखका सचिव मानबहादुर खड्का एमाले प्रवेश गर्नुभएको छ ।
दैलेखको भगवतीमाई ५ निवासी खड्काले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्नुहुँदै आफू एमालेमा सामेल भएको सार्वजनिक गर्नुभएको हो । 

उहाँ शुक्रबार नै एमाले प्रवेश गर्नुभएको छ । उहाँ एमाले विभाजित हुँदा एकीकृत समाजवादीमा लाग्नुभएको थियो ।  एकीकृत समाजवादीमा जिल्ला सचिवको जिम्मेवारीमा रहनुभएका उहाँ यसअघि एमाले जिल्ला सदस्य हुनुहुन्थ्यो ।  उहाँले २०५४ सालको स्थानीय निकायको निर्वाचनमा कटी गाउँ विकास समितिमा एमालेको तर्फबाट उपाध्यक्ष निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  २ : ०३ बजे