‘एउटै नाउरको सिकार गर्न २३ लाख’

टोखामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । 

काठमाडौँको उत्तरी भेगमा रहेको टोखामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आयोजनामा आजदेखि यही वैशाख ७ गतेसम्म नगरपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु गरिएको हो ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका सबै वडामा जन्म, मृत्यु, बसाइसराइ, विवाह र सम्बन्ध विच्छेद दर्ताजस्ता व्यक्तिगत घटनाको दर्ता सुरु गरिएको जानकारी दिनुभयो । उहाँले व्यक्तिगत घटना दर्ता सप्ताहमा सहभागी हुन सम्पूर्ण टोखावासीलाई अनुरोधसमेत गर्नुभएको छ ।

नगरपालिकाले सामाजिक सुरक्षा भत्ता पाउन योग्यता पुगेका नागरिकलाई पनि आफ्नो विवरण वडा कार्यालयमा दर्ता गराउन अनुरोध गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा रहेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ११ : १० बजे