यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको बेसिगाउँमा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्कुटरमा पछाडि सवार ओखलढुङ्गा घर भएका १८ वर्षीय दिपेन दाहाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिहीबार दिउँसो पौने ४ बजे उपचारका क्रममा जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो । 

घाइते भएका स्कुटर चालक र स्कुटरमा पछाडि सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । जोरपाटीबाट सुन्दरीजलतर्फ जाँदै गरेको बा३ख १३१८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको तीन जना सवार बाग्मती प्रदेश ०२–०१२ प ५३२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । 

बिहीबार मध्यान्ह १२ः०० बजे भएका सवारी दुर्घटनामा संलग्न चालकलाई बससहित प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १० : ५९ बजे