राष्ट्रपति भवनमा घटस्थापना

थाहा पाउनुहोस् आज आजको मौसम

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बिहान पहाडी भू-भागमा आंशिक बदली छ ।

दिउँसो पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भू-भागका एक/दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

शनिवार पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ । राति प्रदेश १, गण्डकी र कर्णालीका उच्च पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७९ वैशाख ०२ गते (शुक्रवार) 
दिउँसो :
 देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली  रही  बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने छ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागका एक÷दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

 २०७९ वैशाख ०३ गते (शनिवार)
दिउँसो:
देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली  रही  बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशको पहाडी भू–भागमा आंशिक बदली  रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने छ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी भू–भागका एक/दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७९ वैशाख ०४ गते (आइतबार) 
दिउँसो:
देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली  रही  बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने छ। प्रदेश १ का एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ७ : १० बजे