यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

६५ वटा संस्थाले निर्वाचन पर्यवेक्षणको लागि दिए निवेदन

काठमाडौँ / यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षकको लागि ६५ वटा संस्थाले निवेदन दिएका छन् । 

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण गर्न इच्छुक संस्थालाई १५ दिनको समय दिई चैत १३ गते सूचना प्रकाशित गरी आवेदन मागेको थियो । 

‘सो अवधिभित्र ६५ वटा संस्थाबाट विद्युतीय माध्यमद्वारा निवेदन प्राप्त भएको छ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

निवेदन दिने संस्थाबाट प्रस्तावित पर्यवेक्षकको संख्या २० हजार ४६७ रहेको आयोगले जनाएको छ । तीमध्ये पुरुष ११ हजार ६९४, महिला ८ हजार ४८२ र अन्य २९१ जना रहेका छन् । 

निवेदन माथि जाँचबुझ गरी यथाशीघ्र पर्यवेक्षण अनुमति सम्बन्धी निर्णय गरिने आयोगले बताएको छ । 

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ५ : ५९ बजे