यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

निर्वाचनका विषयमा अन्यौलता सिर्जना गर्ने खालका अभिव्यक्ति नदेउ : निर्वाचन आयोग  

काठमाडौँ / निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका विषयमा अन्यौलता सिर्जना गर्ने खालका अभिव्यक्ति नदिन आग्रह गरेको छ । 

राजनीतिक दलका शीर्ष नेताहरूले निर्धारित मितिमा स्थानीय तहको निर्वाचन हुनेमा शङ्का व्यक्त गरेपछि आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै त्यस्तो आग्रह गरेको हो । 

‘निर्वाचनका विषयमा अन्यौलता सिर्जना गर्ने खालका यस्ता अभिव्यक्ति नदिनु हुन सरोकारवाला सबैलाई आयोग आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।  

निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारीहरू तीव्रताका साथ अन्तिम चरणमा पुगेको अवस्थामा निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरू राजनीतिक दलका जिम्मेवार नेता एवं कार्यकर्ताबाट आएको प्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ । 

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ५ : ५० बजे