सुनको मूल्यमा नयाँ कीर्तिमान

विराटनगरबाट १२० केजी गाँजा बरामद

मोरङ / मोरङको विराटनगर महानगरपालिका–१८ फोरलाईनस्थित सडकमा को.१ च ५३०१८ नम्बरको पिकप भ्यानबाट करिब १ सय २० केजी अवैध लागु औषध गाँजा प्रहरीले बरामद गरेको छ ।

बुधवार राती उक्त परिमाणमा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । 

फोरलाइनस्थित सडकमा पिकप भ्यान रोकी चालक फरार भएपछि ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले भ्यानको तलासी लिएको थियो । 

तलासीका क्रममा उक्त गाडीमा प्रहरीले गाँजा फेलापारी बरामद गरेको हो । हाल फरार भ्यानका चालकको प्रहरीले खोजी गरिरहेको छ ।  

 

 

 

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ४ : १७ बजे