पूर्व प्रधानमन्त्री ओली ‘मेधावी योगदान’ उच्च पदकबाट सम्मानित हुनुहुँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्व स्काउट एशिया प्रशासन्त क्षेत्रद्धारा ‘मेधावी योगदान’ उच्च पदक प्रदान गरिने भएको छ ।

नेपाल स्काउटको संयोजनमा आज काठमाडौंमा आयोजना हुन लागेको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष ओलीलाई सो पदक प्रदान गर्नु हुने कार्यक्रम छ ।
प्रत्येक वर्ष विश्व स्काउटको एशिया प्रशान्त क्षेत्रीय उच्च पदक विभिन्न देशका प्रतिष्ठित व्यक्तिलाई प्रदान गरिँदै आएकोमा यस वर्ष नेपालका पूर्व प्रधानमन्त्री ओलीलाई सो पदक प्रदान गर्न लागिएको हो ।

ओली प्रधानमन्त्री हुनुभएको बेलामा ७ सय ६३ वटै स्थानीय तहमा स्काउटको विकास र विस्तार गरिएको थियो । 

 

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  २ : १७ बजे