यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

अर्थहीन परिवर्तनले जनतालाई शान्त र सन्तुष्ट पार्न सकेको छैनन् : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ /  पूर्वराजा ज्ञानेन्द्र विक्रम शाहले अर्थहीन परिवर्तनले नेपाली जनता सन्तुष्ट नभएको टिप्पणी गर्नु भएको छ । नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रूपान्तरणको प्रक्रियाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न नसकेको टिप्पणी गर्नु भएको हो ।

वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नु पर्ने उहाँको तर्क छ । भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि हुनुपर्ने पूर्वराजले धारण व्यक्त गर्नु भयो ।

नेपालीको घर–घरमा बढ्दो महँगी र थपिँदो आर्थिक बोझले जीवन गुजार गर्न अत्यन्त कठिन भएको उहाँले जनाउनु भयो ।

ुहाम्रो अर्थविद्हरू तथा उद्यमीहरूले गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण अर्थ व्यवस्था जटिल बन्दै गएमा उहाँले चिन्ता गर्नु भयो । नेपालीको घर घरमा बढ्दो महँगी र थपिदो आर्थिक बोझले जीवन गुजार गर्न अत्यन्त कठिन भएको दुखेसो छ । नेपाली सबैको भलो होस, सबै नेपालीको सपना साकार होस् र प्रत्येक प्रयास उपलब्धिमा परिणत होस् यही हाम्रो अभिलासा हो,ु उहाँद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

यसका साथै उहाँले देशको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मितामा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई सम्झेर सदैव चनाखो हुनुपर्ने बताउनु भयो । 

 

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ६ : ०२ बजे